मेयर बालेनद्वारा काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको शपथ ग्रहण

काठमाडौं : गत आइतवार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन्। आज मंगलवार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजिन एक कार्यक्रमबीच मेयर बालेनले नवनिर्वाचित वडाध्याक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन ।

नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी थिइन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतवार उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?