काठमाण्डाै – वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।
मन्त्रालयकाे वातावरण विभागले आज एक सूचना निकालेर गाडीकाे नियमित मर्मत गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धूवाँ धूलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो ।
विगत केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डाै उपत्यकामा वायु प्रदूषण बढेको सन्दर्भमा विभागले सूचना जारी गरेको हो । वायु प्रदूषणका मुख्य कारक उद्योग, कलकारखाना र गाडी, वन डढेलो हो । त्यसैगरी खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित गर्दछ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?