दमौली : स्वतन्त्र पत्रकार संघ तनहुँको शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा तनहुँको केही दिन अघि सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मंगलबार दमौलीमा शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेका हुन् ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष केबी सम्राटले कार्यक्रमको उद्घाटन गर्दै पत्रकारले स्वतन्त्र भएर आफ्नो कलम चलाउनुपर्ने बताए । जनताको माझमा स्वतन्त्र र निष्पक्ष समाचार संम्प्रेषण गरी सुसोचित बनाउनु संञ्चारकर्मीको धर्म र दायित्व भएको उनले बताए । स्वतन्त्र पत्रकार संघलाई पत्रकार महासंघको हैसियतमा लैजानको लागि आवश्यक पहल कदमी अनुरुप हाल ३८ जिल्लामा शाखा गठन गरिसकिएको जानकारी दिए ।
संघका महासचिव अन्जनराज न्यौपानेले संञ्चारकर्मी आवाज बिहीनको आवाज भएकोले दुरदराजमा लुकेर रहेका बस्तुस्थितिलाई सार्वजनिक गर्दै सुसुचित गर्नुपर्नेमा जोड दिए । संञ्चारकर्मीहरु राजनीतिक दलका निकट रहेर भन्दा पनि स्वतन्त्र रुपमा रहि सशक्त रुपमा कलम चलाउनुपर्नेमा उनले बताए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष एस.बि.नेपालीले संख्यात्मक भन्दा पनि गुणस्तर पत्रकारिता अबको आवश्यकता रहेको बताए । युवा समाजसेवी मिनबहादुर चदारोले कार्यक्रममा गर्ने अनावश्यक खर्चले दीनदुखी गरीब र असहाय बालबालिकाको लागि टेवा पुराउन पहल गर्नुपर्नेमा जोड दिए । संञ्चारकर्मी कसैको इशारामा चल्नुभन्दा पनि स्वतन्त्र भएर आफ्नो कलम चलाउनुपर्ने उनको भनाई थियो ।
जिल्ला शाखा तनहुँका अध्यक्ष सुरेश सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै पत्रकारलाई जनताले हेर्ने नजर , पत्रकारले गर्ने ब्याबहार र पत्रकारको धर्म के हो भन्ने बिषयलाई मनन गर्नुपर्ने बताए । उनले पत्रकार बन्नु त स्वातन्त्र बन्नु स्वातन्त्र नै हो पत्रकार भन्नू भन्ने सोलोगनलाई सबैले पढेर मनन गर्न आग्रह समेत गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि संघका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष सम्राटले जिल्लाका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । साथै अतिथि सम्राटले केन्द्रबाट पठाइएका जिल्लाका स्वतन्त्र पत्रकार संघमा आवद्द संञ्चारकर्मीहरुका लागि प्रेस ज्याकेट समेत हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?