मोहन वैद्यको स्वास्थ्यमा थप समस्या,आईसीयूमा उपचार हुँदै

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा थप समस्या देखिएको छ  ।

२ हप्तादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको  स्वास्थ्यमा थप समस्या देखिएपछि  आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा उनको उपचार भइरहेको बताइएको छ । उनलाई छातीमा संक्रमण र दमको समस्या छ ।

आइतबार दिउँसोबाट उनको श्वासप्रश्वासमा केही सुधार भएको चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?