दमौली : हरिहर सन्न्यास आश्रम देवघाटले राष्ट्रसन्त श्रीपरमानन्द सरस्वतीजी गुरु महाराजको २८औं स्मृतिमा चार दिवसीय विविध  कार्यक्रमको आयोजनागरि मनाइँदै छ।

कार्यक्रमको  पहिलो सत्रमा आज पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हरिहर सन्न्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यता र महेश सन्न्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरी महाराजको विशेष उपस्थिति रहेको थियो ।

उनले कविताबाट नै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाल र कवि शिवहरि मराठ्ठालाई स्वागत गरेका थिए । पुस्तक लोकार्पण कार्यक्रममा  परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वती, नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा डा. धनेश्वर नेपाल लगायतले मन्तव्य राखेका थिए ।

त्यस अबसरमा लीलाकान्त मराठ्ठाको ‘रचनावाली’ र उनका छोरा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति शिवहरि मरठ्ठाको ‘जन्मभू’ पुस्तक लोकर्पण गरिएको थियो । लीलाकान्त मराठाको रचनावली पुस्तकमाथि  समीक्षात्मक टिप्पणी कालिका संस्कृति विद्यापीठका प्राचार्य सहप्राध्यापक डाक्टर रामचन्द्र कण्डेलले गरेका थिए ।  यसैगरी ‘जन्मभू’ पुस्तकको  प्रा डा नारायणप्रसाद खनालले गरेका थिए ।  कृतिमा ४३ वटा पद्य कविताहरू रहेका छन् । यस कृतिमा कविले आफूले जीवनमा देखे भोगे र अनुभव गरेका कुराहरुलाई विषयवस्तु बनाएका छन्

अलङ्कार एवं छन्दका दृष्टिकोणले यो कृति विविधतायुक्त रहेको प्रा. डा. खनालले बताए । त्यस अबसरमा  नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्याय, डा. केशव सुवेदी, केदार खनाल, गोपालबाबु मरटठा श्यामजी लगायतले  शुभकामना दिएका थिए ।

यसैगरी मुख्य अतिथि हरिहर सन्न्यास आश्रम देवघाटका श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले संस्कृत शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै यस्ता गहनकृति हरिहर सन्न्यास आश्रमबाट लोकार्पण हुन पाउनु गौरवको बताए । कार्यक्रम अद्वैतानन्द गिरीजी महाराजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम कार्यक्रमको सहजीकरण डा घनश्याम खतिवडाले गरेका थिए ।

आजको दोस्रो शास्त्रार्थ सभा हरिहर सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको अध्यक्षतामा सम्पन्न भएको छ।  कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल थिए । कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकाल, प्रा. हरिशरण उपाध्याय, प्राडा नवराज कण्डेल, डा रामचन्द्र कण्डेल, सह प्रा पूर्णशङ्कर गौतम, जगन्नाथ शर्मा कण्डेल, विश्वनाथ धिताल, कमल सुवेदी, कपिलदेव भट्टराई सीताराम लुइँटेलको विशेष सहभागिता रहेको थियो।

यस सत्रमा प्रेमनारायण पोखरेल, कुलप्रसाद भट्टराई, सुफल खराल, ओमप्रकाश खरेल, सन्तोष घिमिरे, अनुपम कण्डेल, प्रवीण सापकोटा, विष्णु रेग्मी, हरि कण्डेल, लक्ष्मण भण्डारी अनन्त पाण्डेय, श्रीधर पान्डेय र प्रताप लामिछानेजस्ता विद्यार्थीहरुले शास्त्रार्थ गरेका थिए ।

बीचबीचमा साङ्गीतिक कार्यक्रम समेत भएको कार्यक्रमा परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले स्वागत गरे । कार्यक्रमको सहजीकरण उपप्राध्यापक योगराज कण्डेलले गरेका थिए ।

कार्यक्रम आजदेखि ९ गतेसम्म चल्ने छ।