
दमौली : तनहुँ जिल्लाको व्यास नगरपालिका-१४ मझाथरमा चौथौ कुलुङ्ग कप अन्तर्गत पुरुष भलिवल एवं दौड प्रतियोगिता हुने भएको छ ।
‘खेल राष्ट्रको पहिचान पर्यटन प्रबर्द्दन हाम्रो अभियान ‘ भन्ने मुला नारा साथ श्री छाब्दी बाराही लाङ्गघली युवा क्लबले मगरहरुको महान चाड पर्व ‘माघेसंक्रान्ति’को अवसर परेर कपको आयोजना गरेको क्लबका अध्यक्ष चन्द्र बहादुर आले जानकारी दिए । विकास निर्माणका कार्यलाई तीब्रता दिदै खेल तथा मौलिक साँस्कृतिलाई पनि संगसंगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको अध्यक्ष आलेले बताएका छन् । उक्त कपमा कौरा नाच, झ्याउरे नाच , सोरठी नाच,हिमश्रृंखलाहरुको अबलोकन ,होमस्टे, लाखे नाच, अगार्निक नानाहरु कुलुङ्ग गढीको अबलोकन तथा विविध साँस्कृतिक कर्यक्रम हुने उनले बताए ।
खेलकुद संयोजक अमृत रानाका अनुसार पुरूष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु. ४० हजार,दोस्रोलाई रु.२५ हजार, तेश्रो हुनेलाई रु.१५ हजार र सान्तवना हुनेलाई रु.६,००० नगद ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेकोखेलकुद संयोजक रानाले जानकारी दिए । त्यसैगरी दौड प्रतियोगिता तर्फ प्रथम हुनेलाई रु. ५ हजार,दोस्रोलाई रु.३ हजार, तेश्रो हुनेलाई रु.२ हजार नगद ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
२०७८ माघ २ गते देखि सुरु हुने भलिबल प्रतियोगिताको दर्ता शूल्क रु. ४ हजार र दौड प्रतियोगिताको दर्ता शूल्क रु. ५० रहेको आयोजक समितिले बताएका छ्न भने मिडिया पार्टनरको रुपमा दमौली अनलाइन डट कम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?