बेलभन्ज्याङ मोटरसाइकल दुर्घटना अपडेट : मृत्यु हुने आमाछोराको पहिचान खुल्यो

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना भएर मृत्यु हुनेहरूको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा तनहुँको ऋषिङ गाँउपालिका वडा नं.६ चालिसे घर भई हाल व्यास ब्यास नगरपालिका वडा नं. ५ पाटन बस्ने वर्ष १९ को सन्दिप आले र बर्ष ४० की मधु माया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरू आमा छोरा रहेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । मनकामना मन्दिर जाने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?