तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि बुधबार मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा लागू गरिएको हो ।
मंगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोजलगायत भीडभाड हुने गतिविधि नगर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
सहायक प्रजिअ बरालका अनुसार बैठकले तनहुँको ऋषिङ वडा नम्बर १ बाहेक र घिरिङका सबै वडा बाहेकका अन्य क्षेत्रमा मात्र निषेधाज्ञा लागू गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
यस अघि तनहुँका स्थानीय तहहरुले तीन दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?