
दमौली : प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ विवि चयन भएको छ। शाखाको आज सम्पन्न दशौ अधिवेशनबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएको हो ।
अधिवेशनबाट शाखाको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत चयन भएको छ ।
केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन भएको छ ।
अधिवेशनको उदघाटन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले पत्रकार समाजको ऐना र मार्गदर्शक बन्नुपर्ने बताए । पत्रकारिता सत्य, निष्पक्ष र तथ्यगत हुनुपर्ने उहाँको भनाइ थियो ।
उनले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि पत्रकारको कलम महत्वपूर्ण भूमिका रहेको बताउँदै निरकुंश तन्त्रको अन्त्यका लागि पत्रकार निडर भएर लागेको स्मरण गरे ।
चौतारी नेपालका केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकालले प्रेस चौतारी हरेक पत्रकारको सुखदुःखको सङ्गठन बन्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) का जिल्ला सचिव प्रदीपराज अधिकारी, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारी, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियॉ लगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?