बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई पराजित गर्दै इन्टर मिलान फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा भएको दोस्रो लेगमा ४-३ को जित निकाल्दै समग्रमा ७-६ ले हराउँदै मिलान फाइनल प्रवेश गरेको हो।

दोस्रो लेगमा पनि बार्सिलोना विरुद्ध घरेलु टोलीले सुरुवातमा २-० को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको बार्सिलोनाले ३-२ ले अग्रता बनाउँदै फाइनल नजिक पुगेको थियो। तर इन्जुरी समयमा इन्टरले बराबरी गोल गर्दै खेल ३-३ को अवस्थामा पुगेको थियो।

 

त्यसपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफमा बार्सिलोनाको खराब डिफेन्सलाइनअप चिर्दै डेभिड फ्राटेसीले गरेको गोल निर्णायक बन्यो। यद्यपि इन्टरका लागि इन्जुरी समयको गोलनै खेलमा फर्कनका लागि सर्वाधिक निर्णायक बनेको थियो।

त्यसअघि उसका लागि लौटारो मार्टिनेजले २१ औं मिनेटमा पहिलो गोल गर्दा चालहान्गौलाले पेनाल्टी मार्फत पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनाए। यद्यपि, एरिक गार्सियाको गोल मार्फत बार्सिलोनाले ५४ औं मिनेटमा गोल गर्दा ग्यानी ‌ओल्मोले ६० औं मिनेटमा बराबरी गोल फर्काए।

बार्सिलोनालाई राफिन्हाले ८७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि टिमको जितका लागि पर्याप्त भएन्। आसर्बीले पाँच मिनेट थप गरिएको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए। त्यसपछि अतिरिक्त समयमा फ्रटेसीको गोल निर्णायक बन्यो।

अब अर्को फाइनल पुग्ने टोलीको तय आज राति हुने आर्सनल र पिएसजीबिचको दोस्रो लेगबाट तय हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?