दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत आएको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत आएको बताएका छन् ।बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्ड बन्दसत्रमा आफ्नो दस्तावेजलाई सहयोग नै पुग्नेगरि सुझाव आएको र कुनै बिवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत आएको जिकिर गरे । समूहगत छलफलका सबै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केहि परिमार्जन गर्न सुझाव दिएको उनले बताए । उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?