पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग(विज्ञप्ति सहित)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।राप्रपाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा सो दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले पुस २७ गते सार्वजनिक बिदा घोषणाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?