काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार आफु रहेको बताएका छन् ।
प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै प्रचण्डले सो कुरा व्यक्त गरेका हुन् ।
कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदूरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन हामी तयार रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?