स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेल टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गयो ।

नेपालको जितमा करण केसी नायक बनेका छन्। उनले ६५ रनको अविजित पाली खेले। ४१ बल खेलेका करणले ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?