यी प्रतिबद्धतापछि रिहा भए पूर्वराजाका संवाद सचिव पाठक

काठमाडौँ । काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक रिहा भएका छन् ।

संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गर्ने गरेको आरोपमा पक्राउ परेका पाठकले अबदेखि त्येस्तो नलेख्ने प्रतिबद्धता गरेपछि रिहा भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा पाठकले अबदेखि ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने र यसअघि सामाजिक सञ्जालमार्फत जारी गरेका यस्ता पोष्ट हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?