तनहुँ, २३ साउन- लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको तनहुँ समाज हङकङले विभिन्न रोगबाट पीडित तीन जनालाई आर्थिक सहयोग गरेको छ ।
समाजले शुक्रवार दमौलीमा एक कार्यक्रमको आयोजना गरि उनीहरुको उपचारार्थ ५ लाख २५ हजार आर्थिक सहयोग गरेको हो । विभिन्न रोगबाट पीडित भई उपचार गराउदै आएका तीन जनालाई जनही एक लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको समाजले जनाएको छ । लामो समयदेखि मृगौला सम्बन्धि समस्याबाट पीडित बनेका ऋषिङ गाउँपालिका–६का पदम बहादुर आले, सोही समस्याबाट ग्रसित म्याग्दे गाउँपालिकी–१की गमु राना र पिसाब सम्बन्धि समस्या भएका ऋषिङ–७का कर्ण बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
समाजका वरिष्ठ उपाध्यक्ष रुम गुरुङ (रोशन)को संयोजकत्वमा संकलित सहयोग रकम आज समाजका पूर्व अध्यक्षद्धय भीमराज गुरुङ,जंगबहादुर थापा, उपाध्यक्ष सुवित गुरुङ र सल्लाहकार श्याम सुन्दर थापाको उपस्थितीमा पीडितलाई हस्तान्तरण गरिएको ।
उक्त रकम विभिन्न शिलशिलामा हङकङ पुगेका ५३ जना तनहुँगेसँग समन्वय गरी संकलन गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए ।रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष गुरुङले हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले रकम सदुपयोग गर्न पीडित परिवारलाई अनुरोध गरे ।
सोही क्रममा उपाध्यक्ष गुरुङले तनहुँवासीको दुख ःसुखमा हातोमालो गर्न र एक आपसमा सहयोग आदनप्रदान गर्ने उद्देश्यले २५ वर्ष अगाडि तनहुँ समाज हङकङ स्थापना भएको बताए । यसै क्रममा १५ वर्षदेखि तनहुँको विभिन्न ठाउँमा समाजिक सेवा गर्दै आएको र आगामी दिनमा पनि जिल्लामा भइपरि आउने समस्यामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्थापनाकाल देखिनै समाजिक सेवामा सक्रिय रहदै आएको समाजले विभिन्न रोगबाट पीडित भएका २५ जना भन्दा बढीलाई आर्थिक सहयोग गरिसकेको छ ।त्यस्तै भुकम्पपछिको पूननिर्माण,बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य,खानेपानी र सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा पत्रकारिता प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?