तनहुँ २४ श्रावण- तनहुँमा धुमधामका साथ ३१ औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसरमा जातजातिका झाँकी तथा ¥याली प्रदर्शन सहित कार्यक्रम गरि मनाइएको हो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् व्यास नगरपालिकाको आयोजनामा दमौलीमा भएको कार्यक्रममा जनजाति समुदायले आफु्नो मौलिक पहिचान सहितको पोशाकमा सजिएर दिवस मनाएका हुन् ।
दमौलीमा भएको कार्यक्रममा झाँकी सहितको ¥यालीमा मगर, गुरुङ, नेवार, दरै, कुमाल, दुरा, बोटे लगायतका जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो । व्यास नगरपालिका–३ अनसन चौतारीबाट सुरु भएको झाँकी तथा ¥याली मालपोतलाईन, कालिकामार्ग, भोर्लेटारचोक, सफासडक हुँदै खुला मैदानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद व्यास नगरपालिका अध्यक्ष सोमबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले आदिवासी जनजाति कला साहित्यमा धनि भएको बताए ।
आदिवासी जनजाति समुदायका नेता एवं अग्रजहरुले जनजातिको कला संस्कृति रक्षा गर्दै अधिकारका लागि आवाज उठाउनुपर्ने बताएका थियो । कार्यक्रममा विभिन्न जातजातिका व्यक्तिहरुले आफनो जातिय प्रस्तुती दिएका दिएका थिए । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?