गण्डकी वाङ्मय प्रतिष्ठानको ५१औं काव्य श्रृङ्खला र मोतिजयन्ती एकैसाथ सम्पन्न

७ भाद्र – गण्डकी वाङ्मय प्रतिष्ठानले शनिबार आफ्नो नियमित ५१औं काव्य श्रृङ्खलालाई १६०औं मोतीराम जयन्तिसँगै विशेष तीज समारोहका रुपमा सम्पन्न गरेको छ।

नेपाली साहित्य र पत्रकारितामा नयाँ युगको सुरुवात गराउने कवि मोतीराम भट्टको योगदानलाई स्मरण गर्दै प्रतिष्ठानले यसपटक कार्यक्रमलाई विशेष बनाएको हो। प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार सागर उदासले साहित्यमा निरन्तर सिर्जनाशीलता नै आफ्नो अस्तित्व जोगाउने आधार हो, भन्ने विचार व्यक्त गरे।

सो अवसरमा संस्थाका सल्लाहकार तथा साहित्यकार श्रीराम कार्कीले यस्ता नियमित कार्यक्रमहरूले साहित्यप्रति रुचि जगाउन ठूलो योगदान गर्ने बताए। कार्यक्रममा साहित्यकार समुद्र गोदार, शुभ पिया, मधुमाया घिमिरे, तेजप्रसाद लामिछाने, बिरु गणेश उपरकोटी, सृजनशील आमा समूहकी अध्यक्ष सिता पण्डित लगायतले आफ्ना धारणा राख्दै साहित्य र संस्कृतिको संरक्षण, प्रचार–प्रसारमा प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

काव्यवाचन, अनुभव आदानप्रदान र साहित्यप्रेमीबीचको गहन विचार–विमर्शसहित सम्पन्न कार्यक्रमकाे सञ्चालन पत्रकार अमराज नहर्कीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?