तनहुँ १२ भाद्र- व्यास नगरपालिका–२ दमाैलीस्थित सत्यवती माध्यामिक विद्यालयका चार जना विद्यार्थीले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थान (आइओएम) द्वारा संचालित बीई/बी.आर्क २०८२ को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
विद्यालयका कुशल क्षेत्री, सोमन श्रेष्ठ, सचिन श्रेष्ठ र आकाङ्क्षा वाग्लेले प्रवेश परीक्षामा उत्कृष्ठ सफलता हासिल गर्दै पूर्ण छात्रवृत्तिमा छनोट भएका हुन्।
विद्यालयले उनीहरूको सफलताप्रति हर्ष व्यक्त गर्दै शुभकामना प्रकट गरेको छ। विद्यालयले आफ्नो विद्यार्थीको यस्तो उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित तुल्याएको विद्यालयका प्रधानध्यापक इन्द्र प्रसाद पाैडेलले बताए। सत्यवती मावि दमाैली तनहुँका विद्यार्थीहरुले यसअघि पनि इन्जिनियरिङ, चिकित्सा तथा अन्य उच्च शिक्षामा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?