शेयर बजार परिसूचक नेप्से घट्यो

शेयर बजार परिसूचक नेप्से आज घटेको छ । नेप्से ३० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव २० विन्दुमा झरेको छ । बुधबार हाइड्रोपावर र फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स, विकास बैंक, होटल र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

बुधबार दुई सय ३६ कम्पनीका ९५ लाख ५९ हजार कित्ता शेयर चार अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

बुधबार विजय लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स विकास बैंक, किसान लघुवित्त र सिभिल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । बुधबार मध्यभोटेकोसीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?