आदिकवि भानुभक्त क्याम्पसमा अध्यक्षका लागि त्रिपक्षीय प्रतिस्पर्धा

तनहुँ भाद्र २० – तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्ष चयनका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको छ ।

शुक्रवार बिहान उम्मेदवार राजु दाहाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदका लागि अब तीन जनाबीच प्रतिष्पर्धा भएको हो । निर्वाचन अधिकृत सरिता थापा भण्डारीका अनुसार अब कमलामोहन वाग्ले, केशबहादुर सुनार र चुडामणि दाहालबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भएकाे हाे।

निर्वाचन  सुरु भएकाे बेलुकी ५ बजेसम्म चल्ने तालिका सार्वजनिक गरिएको छ । तीनै उम्मेदवारले आफ्नो पक्षमा जित पक्का हुने दाबी गर्दै प्रचार–प्रसारमा तल्लिन देखिएका छन् ।

अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा तय भएपछि क्याम्पसभित्र मात्र नभई स्थानीय तहमा समेत उत्सुकता बढेको छ । विद्यार्थी, शिक्षक र सर्वसाधारणले यसलाई रोचक ढंगले हेरेका छन् । चुनावी माहोलले क्याम्पस परिसर उत्साहपूर्ण बनेको छ । निर्वाचनकाे लागि कुल ७८७ मतदाता रहेकाे निर्वाचन प्रवन्ध समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?