आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्षमा केशबहादुर सुनार विजयी

भाद्र २१- आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्षमा केश बहादुर सुनार विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी कमलामाेहन वाग्ले र चुडामणि दाहाललाई पराजित गर्दै सुनार अध्यक्षमा बिजयी बने । सुनारले तीन सय ७३ मत प्राप्त गर्दा वाग्लेले  दुई सय ३३ मत प्राप्त गरे भने दाहालले ६० मत प्राप्त गरेकाे निर्वाचन प्रवन्ध समितिले जनाएकाे छ ।

त्यस्तै खुला सदस्यहरूमा बिबेक भट्टराई ५०२ मत सहित सर्वाधिक मत प्राप्त गरे । त्यस्तै सदस्य माेहन गिरीले ५०० मत, डा. ईश्वर चन्द्र वाग्लेले ४९२ मत,सुनिल मिश्रले ४९० मत, रामकृष्ण बि.क.ले ४६९ मत, संगीत घिमिरेले ४४७ मत, सोमराज सुवेदीले ४३५ मत,भरत पन्थले ४१९ मत, श्रीराम कार्कीले ४१७ मत, निर्मल पण्डित ३४१ मत, ईश्वरबहादुर विष्ट ३३४ मत र भाग्यशाली ढुंगानाले ३१४ मत सहित खुला सदस्यमा निर्वाचित बने ।

निर्वाचनकाे लागि कुल ७८७ मतदाता रहेकाे र ६७७ मत खसेकाे निर्वाचन प्रवन्ध समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?