उज्यालो नेपाल पार्टीका उम्मेदवार गुरुङद्वारा रास्वपाका इन्जिनियर श्रीराम न्यौपानेलाई समर्थन

तनहुँ । उज्यालो नेपाल पार्टीका तनहुँ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेका छन्।

गुरुङले देशमा परिवर्तन, सुशासन र पारदर्शी राजनीतिक अभ्यासलाई अघि बढाउन सक्षम उम्मेदवारका रूपमा न्यौपानेलाई समर्थन गरेको बताए। व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनको भनाइ छ।

यस घटनापछि तनहुँ क्षेत्र नं. २ को चुनावी समीकरण थप चासोपूर्ण बनेको छ। इन्जिनियर न्यौपानेप्रति विभिन्न राजनीतिक दल तथा स्वतन्त्र समूहबाट समर्थन बढ्दै गएको देखिएको छ।

स्थानीय विकास, पूर्वाधार विस्तार र पारदर्शी शासनका विषयमा न्यौपानेले देखाएको सक्रियताका कारण मतदातामाझ उनको लोकप्रियता बढ्दै गएको राजनीतिक विश्लेषकहरूको धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?