दमौली : तनहुँको व्यास -१ मा रहेको भादगाँउ दरै समाज द्वारा दुई दिने स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ। भादगाउँमा रहेको दाजुभाइ दिदिबहिनी हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै समाज द्वारा यहि आउदो पुस २३ र २४ न्यून शुल्कमा स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको हो।
उक्त कार्यक्रममा मेडी ट्रस्ट प्याथोलोजी पोखराका अनुभवी डाक्टरहरुबाट मधुमेय सुगर परिक्षण, कलेजो परिक्षण, मृगौलाको परिक्षण,रगतमा बोसोको मात्र परिक्षण, पिसाबको परिक्षण, थाइराइडको परिक्षण र स्वास्थ्य परामर्श जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने भादगाउँ दरै समाजका अध्यक्ष चिज बहादुर दरैले बताए।
कार्यक्रम व्यास -१ भादगाँउमा रहेको दरै समाज २३ गते शुक्रबारको लागि बिहान ८ :०० बजे देखि ४:०० बजे सम्म र २४ बिहान ८:०० बजे देखि ४:०० सम्म निशुल्क स्वास्थ्य परामर्श संचालन गरिने अध्यक्ष दरैले बताएका छन् ।
साथै परिक्षण कार्यक्रममा सहभागी भैई स्वास्थ्य लाभ लिनुहुन पनि सबैमा अध्यक्ष दरैलेअनुरोध समेत गरेका छ्न्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?