काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव ५८ अङ्कले घटेर २ हजार ७ सय २६ दशमलव ५१ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ४२ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २४ वटा कम्पनीको शेयर घटेकोमा ३४ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन सप्तकोशी विकास बैंकको शेयर भने ८ दशमलव ५६ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ३ सय ३३ वटा कम्पनीको ३ करोड २ लाख कित्ता शयर १४ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?