गण्डकी प्रदेश भलिबल सङ्घले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो ।
गण्डकीले दोश्रो सेट २८–२६, तेश्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्यो । यस्तै पुलिसले पहिलो सेट २५–२३ ले जित्यो । यस्तै आजै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पर्वत तेश्रो भएको छ ।
यसैगरी हिजो भएको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
च्याम्पियन बनेका पुरुषतर्फको गण्डकी र महिलातर्फको न्यू डायमन्डले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे भने उपविजेता बेनको पुरुष र महिलातर्फ पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । महिलातर्फ थाइल्यान्ड क्विन्स तेस्रो भएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?