आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा भएको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ।
मंगलबार चेन्नईको एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
आरिफले ३७ बलमा अविजित ६१ रन बनाए भने दीपेन्द्र ३१ बलमा ५० रनमा नटआउट रहे । नेपाल ४५-३ को अवस्थामा हुँदादेखि यी दुई मिलेर शतकीय साझेदारी गरेका हुन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
नेपालले अब अर्को वार्म अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ ।
टी-२० विश्वकपको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?