सरकारले जाँचबुझ आयोगको म्याद २५ दिन थप्यो

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

योसँगै आयोगको प्रतिवेदन फागुन २१ को चुनावअघि नआउने भएको हो ।

आयोगको म्याद तेस्रो पटक थपिएको हो । यसअघि पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले एक महिना थपेको थियो भने  र माघ ८ गतेको बैठकले २० दिनको म्याद थपेको थियो ।

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । शुरुमा यस आयोगको कार्यकाल सुरुमा तीन महिना तोकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?