नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा भोलि दमौली आउने

दमौली- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा भोलि  सोमबार दमौली आउने भएका छन्।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको चुनावी कार्यक्रममा सहभागी हुन उनी दमौली आउन लागेका हुन्।

सो अवसरमा उनले दमौलीमा हुने पार्टीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, नेपाली कांग्रेस का नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तयारी गरिएको छ।

कार्यक्रम दिउँसो २ बजे व्यास नगरपालिका–३ स्थित दमौली सभाहलमा आयोजना हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?