काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२४ कम्पनिका एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२६ प्रतिशतले बढेको छ । त्यसैगरी बुद्ध भुमि नेपाल हाइड्रोको शेयर सबैभन्दा बढी ८.९२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ६३ करोड ४२ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?