दमौली, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । बिहीबार भएको मतदानमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार तनहुँमा कुल मतदाताको संख्या दुई लाख ५४ हजार तीन सय ९७ छ । जसमध्ये एक लाख ३१ हजार छ सय २० मत खसेको छ । मतदानमा सहभागी हुनेमा पुरूषभन्दा महिलाको संख्या बढी देखिएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?