रमेश लेखकलाई पक्राउ गर्न निवास पुग्यो प्रहरी

पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ पर्ने भएका छन् । उनलाई नियन्त्रणमा लिन प्रहरीको टोली कटुन्जेस्थित लेखकको निवासमा पुगेको छ ।

लेखकलाई नियन्त्रणमा लिन जरुरी पक्राउ पुर्जी लिएर प्रहरी खटिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । अहिले लेखक निवास बाहिर ठुलोसँख्यामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?