जेष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा शालिग्राम गिरी

दमौली :तनहुँको ब्यास-३ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको  अध्यक्षमा शालिग्राम गिरी निर्वाचित भएको छ । संस्थाको १५ औं बार्षिक साधारणसभा एवं  ५ औ अधिवेशनले गरेको निर्वाचन मत परिमाण अनुसार  अध्यक्ष शालिग्राम गिरीले १०४ र उनको  प्रत्याशी राजकुमार श्रेष्ठले ६५ मत प्राप्त गरे थिए ।

त्यस्तै उपाध्यक्षमा मैना देवि अधिकारी ,सचिवमा रामलाल श्रेष्ठ ,सदस्यहरुमा क्रमशः कर्णबहादुर जिसि,हरिश्चन्द्र वाग्ले ,बाबुराम पौडेल ,खेमबहादुर रानाभाट ,ईन्द्रप्रसाद वाग्ले र मधुमाया धिमिरे सर्वसहमत निर्वाचित भएका छन्। साथै समितिको कोषाध्यक्ष पदकालागि निर्वाचित कार्य समितिको पहिलो बैठकले मनोनीत गर्ने निर्वाचन समितिका संयोजक अधिवक्ता शिवराज काफ्लेले जानकारी दिए।

केन्द्रको विधानमा उलेख भए अनुसार कार्य समितिले सहसचिव र दुई जना सदस्यहरु समितिको पहिलो बैठकले मनोनीत गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?