एमाले सँग प्रतिष्पर्धा गर्न सक्ने कुनै शक्ति छैन; पूर्वमन्त्री गुरुङ

दमौली : नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले एमाले पार्टी सँग प्रतिष्पर्धा गर्न सक्ने  कुनै पनि पार्टी नभएको दाबी गरेका  छन् । तनहुँको दमौलीमा नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री गुरुङले एमाले लाई जिताउनका लागि गाउँगाउँमा नेपाली जनता तयार रहेको बताउदै अब एमाले पार्टी सँग प्रतिष्पर्धा गर्न सक्ने  कुनै पनि पार्टी बताएका हुन् ।

सोहि क्रममा  नेपाली जनताको विश्वास नै एमाले संग भएको कारणले अब जो संग गठबन्दन भएपनि एमाले लाई हराउन नसक्ने भन्दै  अहिलेको नेतृत्वले एमालेलाई लाल किल्ला तनहुँलाई बनाउनु पर्ने बताए ।अहिले सम्म जिल्लाका नेतृत्वले गरेको काम को लेखाजोखा गर्ने काम गर्ने  हो ,त्यसको प्रमुख काम नै  जिल्ला अधिवेशनको काम हुन्छ  । अब को नेतृत्व गतिशील नेतृत्वको निर्माण हुनु पर्ने समेत जोड दिए ।

एमाले जिल्ला अध्यक्षमा नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष केदार सिग्देलले नदाेहाेर्याउने भए पछि वर्तमान हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठको सम्भावना बलियो रहेको देखिन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?