कुनै पार्टीले सहकार्यको प्रस्ताव गरे तयार छौं : पूर्व मन्त्री  जोशी

दमौली : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्व मन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताएका छन्  ।

आफ्नो गृहजिल्ला तनहुँको दमौली आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै जोशीले कुनै पनि राजनीतिक दलहरु सम्झौताका लागि प्रस्ताव आएमा आफु सहकार्यका गर्न तयार रहको  बताएका हुन् ।नेपाली कांग्रेसले कारबाही गरेपछि उनी हाल पार्टीबाट अलग छन् ।तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको साथ आफूलाई मिलेको उल्लेख गर्दै जोशीले त्यसक्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आइदिन आग्रह गरेको बताए ।

आउदो माघ मसान्तसम्म पालिकास्तरीय भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको बताउदै कांग्रेसको सङ्गठन विस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेपाली कांग्रेस तनहुँको आफूले नै स्थापना गरेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?