दमौली :”आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं “ भन्ने नाराका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास नगर एकाइद्वारा आयोजित मासिक सरसफाइ कार्यक्रम अन्तर्गत आज व्यास-१ दमौलीको खिरखादी खानेपानीदेखि शिवपाञ्चायन मन्दिर क्षेत्रसम्म बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा-१ का वडा अध्यक्ष खरसिं दरैले परिषद्को कार्यक्रम धेरै उत्कृष्ट र प्रशंसनीय कार्य रहेको बताउदै यो सस्थालाई आफुले सकेको आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडाले असल व्यक्तिको निर्माणको माध्यम द्वारा राष्ट्रको पुननिर्माण गर्ने गर्ने सकिने भन्दै विद्यार्थीको सकारात्मक परिवर्तन गर्नका लागि परिषद्ले देश भरि यस्तो सामाजिक एवं सेवाको कार्य गर्दै आएको बताए । साथै नेपालमा दलीय राजनीतिभन्दा माथी रहेर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण विषयमा कार्य गर्ने एक स्वतन्त्र विद्यार्थी सङ्गठन रुपमा देशको ७७ वटै जिल्ला कार्य गरिरहेको समेत जानकरी दिए ।
परिषद्का व्यास नगरका अध्यक्ष तेजप्रकाश लामिछानेको संयोजकमा भएको उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष दुर्गाभक्त अधिकारी , परिषद्का तनहुँ जिल्ला संयोजक प्रकाश खड्का , नेपाल प्रहरी, टोल विकास समिति, शिवपाञ्चायन समिति, सामाजिक कार्यकर्ता, बुद्धिजीवीहरूको सक्रिय सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?