सेयर बजारमा हरियाली ,नेप्से ७३.१ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार हरियाली छाएको छ ।आज नेप्से ७३.१ अंकले बढेर दुई हजार ७ सय ६५ दशमलब ४७ विन्दुमा पुगेको हो । त्यस्तै, आज ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, आइसीएफसी फाइनान्स, न्यादि हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?