नेकपा एमाले तनहूँको मतगणना सुरु

दमौली : नेकपा एमाले तनहुँको नवौ जिल्ला अधिवेशन मतगणना सुरु भएको छ ।  उपाध्यक्ष , सचिव र  केहि सदस्यहरुको पदमा सर्वसम्मत भए पनि सबै पदमा सर्वसम्मत हुन नसक्दा रातभर मतदान चलेको थियो ।

अहिले उपाध्यक्ष पदका लागि हरिराज कँडेल, मोहनकुमार विक र मेखबहादुर थापाबीचको प्रतिस्पर्धामा छ । भने सचिव पदका लागि राजेश्वर ढकाल र विष्णुभक्त सिग्देलका बीचमा प्रतिस्पर्धा रहेको छ ।

अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ , सहसचिवमा प्रदिप राज अधिकारी र खिमबहादुर कुमाल लगायतका केही सदस्यहरू यस अगाडि नै सर्वसम्मत भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?