पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने कांग्रेसका  केन्द्रीय सदस्य भण्डारीको माग

दमौली :नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक दिनुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य भण्डारीले एक विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्रको निर्माणमा राष्ट्र निर्माता पृथ्वी राष्ट्रको महत्वपूर्ण योगदान रहेको हुँदा शाहको सम्मानका लागि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा बताएका हुन्  ।

“३०० औं पृथ्वीजयन्ती सम्झदा श्रद्धाले शिर निहुरिन्छ र हर्षले विभोर हुन पुगिन्छ । अन्य राज्यका शासक जस्तै राजगद्धीको सुख सयलमा रमेर जीवन बिताएको भए सायद आज हामी नेपाली भएको गर्व गर्न पाउने थिएनौ होला ” उनले भने ।

विज्ञप्तीमा पृथ्वीनारायण शाहको प्रतिज्ञा, बलिदान एवं रण कौशलको प्रतिफल स्वरुप हामीले विशाल नेपाल प्राप्त गरेका र नेपाली भन्न पाएको समेत बताउनु भएको छ । पृथ्वीनारायण शाहको योगदान योगदानलाई अवमूल्यन गर्नेहरु आफै समाप्त भएर जाने समेत भण्डारीको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?