एकैदिन १,४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?