
दमौली : पछिल्लो २४ घण्टामा तनहुँको आँबुखैरेनी गाउँपालिकामा सोमवार एकैदिन ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्टिजेन परीक्षण गर्दा वडा -३ का ६४ ,४३ ,३३ वर्षीया ३ जना पुरूषमा र सोहि वडा ११ वर्षीया १ जना महिलामा संक्रमण भएको जानकारी दिएको छ ।
यसरी संक्रमण भए पनि गाउँपालिकाले अहिले सम्म कुनै पनि निर्णय नगरेको गाउँपालिका सूचना अधिकारी तेजन गैह्रेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?