दरैपधेंरामा मृतक भेटिएका युवाको पहिचान खुल्यो

दमौली :तनहुँको व्यास -११ दरैपधेंरामा मृतक अवस्थामा फेला परेका युवाको  पहिचान खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका –४ का ३४  वर्षीय किरण कुमार गुरुङ भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटनाको संलग्नमा एक युवकलाई पक्राउ गरेपनि उसको विवरण भने प्रहरीले खुलेको छैन, यस घटना बारेमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

युवक आज बिहान घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?