दमौली: तनहुँको बन्दीपुरमा शुक्रवार साँझ भएको दुर्घटना प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । उनले भनेको छ ‘ बन्दीपुरको धरमपानीमा जीप दुर्घटनामा छ जना स्थानीय बासिन्दाकाे दु:खद निधन भएकाे तथा चार जना घाइते भएकाे खवरले मलाई स्तब्ध बनाएकाे छ ।’
उनले दु:खकाे यस घडीमा मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दै घाइतेहरुकाे शीघ्र स्वास्थ्यलाभकाे कामना समेत व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?