भारतसँगको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्छौं ;सञ्चारमन्त्री कार्की

काठमाडौं: सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देश (नेपाल–भारत)बीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले उक्त कुरा प्रष्ट पारेका हुन्।

‘दुई देशको बीचमा रहेको ऐतिहासिक सम्बन्धलाई मनन गरेर कूटनीतिक पहल अगाडि बढाउन सरकार तयार छ,’ उनले भने, ‘कूटनीति माध्यमबाट नै सबै काम अघि बढाउनुपर्छ।’

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले एकपक्षीय रुपमा सडक निर्माणको काम अघि बढाएको छ। सडक निर्माणको काम रोक्न भारतलाई सरकारले आग्रह गर्दै आइरहेको छ। तर, प्रभावकारी रुपमा पहल हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?