मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

दमौली :सर्वोच्च अदालतले तनहुँको व्यास -५ मा  पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार अल्पकालिन अन्तरीम आदेश दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी गर्दै सर्वोच्चले लिजमा दिने प्रक्रिया तत्काल रोक्न भनेको छ । त्यस्तै, सरकारसँग कारण पनि माग गरेको छ ।

ऐतिहासिक पर्यटकीयस्थललाई विशुद्ध व्यापारिक प्रयोजनको लागि विवादित बतास समूहको व्यास हिल्स प्रालिलाई अति न्यून मूल्यमा लामो समयको लागि दिन थालिएको दाबीसहित सोविरुद्ध अधिवक्ता रामचन्द्र पौडेलले सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?