दमौली:तनहुँको आँबुखैरेनी गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले आफ्ना सेवा प्रबाह अनिश्चितकालका लागि बन्द गरेको छ ।
मंगलवार एक विज्ञप्ति जारी केही जनप्रतिनिधि तथा कर्मचारीमा गरी १३ जनामा कोरोना देखिएको र केही ति व्यक्तिहरु सँग सम्पर्क रहेका कर्मचारीहरु होम क्वारेन्टिनमा बस्नु परेका कारण सेवा बन्द गरिएको विज्ञप्तिमा लेखिएको छ ।
गाउँपालिकाको कार्यलय यहि माघ ५ गते बाट माघ ९ गते सम्म बन्द रहने गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?