नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्माको सपरिवार कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् ।शर्मा उनको श्रीमती एक छोरा र छोरीसहित परिवारको चारैजना कोरोना भाइरसको सङ्क्रमणमा परेका हुन् ।
सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू सङ्क्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन्। कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए।
उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताएका छन्। चिकित्सक परामर्शमा औषधि लिइरहेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?