बुस्टर डोजका रुपमा फरक फरक खोप लगाउनु: स्वास्थ्य मन्त्रालय

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ ।अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको हो।

मन्त्रालयका अनुसार ‘पहिला जुन खोप लगाएको हो त्यही लगाउन सिफारिस गरेका छ । एउटा खोप लगाएकोमा अर्को मिसाउनेलाई सिफारिस नगरेको समेत बताएका छन्।

कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको बताएका छन्।

भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका हो , त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन समेत  अनुरोध गरेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?