६ कम्पनीलाई आइपिओ निष्कासनका लागि अनुमति प्रदान

नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई एक करोड २६ लाख ६२ हजार २ सय ९० कित्ता आइपिओ निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले एक अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरका प्राथमिक शेयर निष्कासनको अनुमति प्रदान गरेको हो  ।

त्यस्तो प्राप्त गर्नेहरूमा बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालले आइपिओ जारी गर्न अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?