कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि स्थगन गरिएको जानकारी दिएको हो ।

यसअघि प्रशासनले कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्र दर्ता फाँटको सेवा बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?